आउने भए कपडा खोलेर आउ नत्र अन्तै जाऊ
helambu fm
फ्रान्सको कान्स सहरमा समुद्री किनारमा महिलाहरुले अब ‘बुर्किनिस’ लगाउन नपाउने भएका छन् । ‘बुर्किनिस’ एक प्रकारको स्वीम सुट हो, जसले शरीर पूरै ढाक्ने गर्दछ ।
कान्सको महापौरकाअनुसार उनीहरुले ‘बुर्किनिस’ माथि ‘कानुनी व्यवस्थालाई ध्यानमा राखेर’ प्रतिबन्ध लगाइएको हो । महापौर डेविड लिस्नार्डका अनुसार ‘बुर्किनिस’ ‘इस्लामिक चरमपन्थको प्रतिक’ हो ।
जसले तनावको स्थिति उत्पन्न गराउन सक्दछ । किनभने फ्रान्स चरमपन्थी संगठन इस्लामिक स्टेटको निशानामा छ। फ्रान्सको नीस सहरमा गत महिना जुलाईमा चरमपन्थी आक्रमण भएको थियो ।
त्यसअघि पनि फ्रान्समा यसप्रकारको आक्रमण भइसकेको छ। उक्त सबै घटनालाई ध्यानमा राखेर फ्रान्समा ‘हाई अलर्ट’ मा छ । बुर्किनिसमाथि प्रतिबन्ध नमान्ने र पक्राउ पर्नेमाथि ३३ पाउन्ड जरिवाना गर्न सकिनेछ ।
यद्यपि कुसैमाथि सिधै जरिवाना भने गरिने छैन । बुर्किनिस लगाउने महिलालाई आफ्नो स्वीमसुट परिवर्तन गर्न वा समुद्री किनारमा नआउन भनिनेछ ।
फ्रान्समा महिलाको पहिरनमा प्रतिबन्ध लगाउने यस्तो पहिलोपटक भएको भने होइन । यसअघि सन् २०११ मा महिलालाई बुर्का लगाउन रोक लगाइएको थियो । त्यतिबेला यसप्रकारको प्रतिबन्ध लगाउने फ्रान्स युरोपको पहिलो मुलुक थियो । एजेन्सीको सहयोगमा