पाकिस्तानमा यसरी भयो तीन वर्षसम्म ब्रिटिश युवतीको बलात्कार
helambu fm
एक ब्रिटिश महिलाले हालै एक रहस्य बाहिर ल्याएकी छिन् । १५ वर्षको उमेरमा पाकिस्तान घुम्न गएकी उनलाई बन्दुक देखाएर आफुभन्दा ६ वर्ष जेठो मानिससँग विवाह गर्न बाध्य पारिएको थियो ।
त्यसपछि उनको जीवनमा जे भयो त्यसले उनलाई बारम्बार तर्साइरहेको छ। विवाह भए पश्चात उनलाई तीन वर्षसम्म बलात्कार हुनुपर्यो।
कुनै पनि युवती पाकिस्तान जानुअघि धेरै कुरा सोचेर र जानेर मात्र जान मदत पुग्ने हुँदा उनले यस्तो रहस्य खोलेको बताइन् । ब्रिटेनको डनकेस्टरमा बस्दै आइरहेकी तबस्सुम (नाम परिवर्तन) जब १२ वर्षकी थिइन् तब उनका पिताले उनकी आमाको हत्या गरिदिएका थिए।
बाबु जेल गएपछि उनी तथा ३ जना भाइहरु आफन्तसँग बस्न परेको थियो । अब २६ वर्षकी भएकी उनले भनिन्, ’जब पाकिस्तान जाने कुरा भयो । म निकै उत्साहित थिए । मेरा आफन्तहरु पाकिस्तानमा रहेका थिए ।
मेरा आफन्तहरु बन्दुक लिएर मेरो कोठामा आए। स्कुलको २ महिने छुट्टि सकिए लगत्तै म के गर्ने भनेर सोचिरहेकी थिए । तर, उनीहरुले मलाई एक्कासी बन्दुक देखाउदै विवाह गर्न बाध्य बनाए।
तबस्मुनले विवाह गर्न नमाने भाइहरुलाई मारिदिने धम्की दिइएको थियो । उनी विवाह गर्न बाध्य भइन् । त्यसपछि तीन वर्षसम्म उनको बलात्कार भएको थियो।
एजेन्सीको सहयोगमा