नगरौ हल्ला भन्दै गायक रुपनारायण लामिछाने आफ्नो गल्ति लुकाउन गुहार माग्दै
helambu fm
कुमार लामिछाने
बैशाख १२ काठमाडौँ । एक पछि अर्को गितसंगितहरु पस्कनेक्रममा युवा दोहोरी गायक रुप नारायण लामिछाने भर्खरै आफ्नो कोसेली नगरौ हल्ला बजारमा ल्याएका छन ।अहिले पछिलो समएमा मौलिक श्रृजना कमै मात्रामा बजारमा आउने गरेको पाइएको छ तर गाएक लामिछानेले पछिल्लो पटक नेपाली समाजमा प्रयोग हुने मौलिक शब्द प्रयोग गर्दै गाउँ घरमा लुकिछिपी २ जनाको मनपराईमा गोठालो जादा , मेलापात जादा घास दाउरा जादा घरमा आफ्नो परिवारलाई धाटेर लागेको माया प्रेम छुट्टिनु पर्दाको पिडा बोकेको वास्तविक कहानीमा आधारित दोहोरि एल्बम नगरौ हल्ला लिएर बजारमा आएका हुन ।
रुप नारायण लामीछानेको नगरौँ हल्ला गित डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला ।
सिन्धुपाल्चोक जिल्ला महांकाल ९ मराम्ची बि.स. २०४५ सालमा जन्मेर गाउँकै सरकारी स्कुलबाट आफ्नो प्रथामिक शिक्षा सुरुवात गरेका गाएक लामिछाने बाल्ले अवस्थादेखिनै गित संगीतमा रुचि राख्थे , रेडियो नेपाल बाट प्रस्तुतहुने विभिन्न लोक सांगीतिक कार्येक्रम नछुटाई सुन्ने गरेका थिए । जब उनले आफ्नो माद्धेमिक शिक्षा सकेपछि उनीमा एउटा गित बजारमा ल्याउने विचार आयो यसै अनुरुप बि.स.२०६४ सालमा उनले आफ्नो पहि दोहोरो एल्बम भएन ठाडो शिरू रेकर्ड गरेका थिए ।
आफ्नो रोजगारीको ब्यस्ततासंगै उनले हाल सम्म भएन ठाडो शिर , पाइन घर आउन , तिहारको फुलमाला ,मंशिर पन्धमा लगाएत आधा दर्जन भन्दा बडि दोहोरि एल्बम बजारमा ल्याईसकेका छन ।