पौष २४ काठमाण्डौ ।एक दशक देखि लोक तथा दोहोरी गायनमा सक्रिय रहँदै आएका भिमसेन खतिवडा यतिबेला चर्चाको शिखरमा छन । नेपालमा हुने सबै महोत्सबहरुमा भैरहने दोहोरी गित प्रतियोगितामा सँधै प्रथम ,दितीय स्थान आफ्नै नाममा लेखाउन सफल भिमसेन खतिवडा अहिले तोरी फुल्यो पहेँलै एल्बम लिएर दर्शक तथा स्रोतामाझ आएका छन ।बिन्ध्याबासीनी म्यूजिक मार्फत सार्बजनिक गरिएको उनको एल्बम तोरी फुल्यो पहेँलैले छोटो समयमै अत्याधिक दर्शक तथा स्रोताको मन जित्न सफल भएको छ ।
हेर्नुहोस भिडियो:
शंकर बिसीको निर्शेनमा बनेको म्यूजिक भिडियोलाई राजेश घिमिरेले छाँयाकंन गरेका छन । भिमसेन खतिवडा र देविघर्तीमगरको सुमधुर स्वरले सजिएको यो गित मनोरञ्जनका हिसाबमा पनि उत्तिकै रुचाईएको छ । गायक भिमसेन खतिवडाले मेलम्ची सरर,ज्यान भुतुक्कै पार्यो,मेलम्चीको पानी तथा हालसालै तोरी फुल्यो पहेलैँ एल्बम बजारमा ल्याएका छन ।
सुमधुर स्वरका धनी खतिवडाले करिब ३ दर्जन गितमा शब्द संकलन गरिसकेका छन । सिन्धुपाल्चोक जिल्लाको भोटेचौर ३ मा जन्मिएका खतिवडाले २०७० सालमा राष्ट्रिय लोक दोहोरी अवार्डसमेत जित्न सफल भएका थिए ।
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान उपत्यका समन्वय समिती सदस्य चाबहिल संयोजक तथा हाम्रो रोधी घरका संञ्चालक समेत रहेका खतिवडा एक कुशल सञ्चारकर्मी पनि हुन । उनी रेडियो पर्याबरण १०४.२ मेगाहर्जमा लोक बिसौनी कार्यक्रम सञ्चालन गर्छन । भिमसेन खतिवडाको अगामी पल पनि शुभ रहोस हाम्रो शुभकामना ।