काँग्रेसका नेता डा.शेखर कोइरालाले गरे सनसनी खुलासा : 'गुटवन्दी गर्नेका दिन सकिए '
helambu fm
सरकार गठन भएको एक हप्ता वितिसक्दा पनि मन्त्रीमण्डलले पूर्णता पाउन सकेको छैन् । प्रमुख सत्तासाझेदार दल नेपाली काँग्रेसभित्र त मन्त्रीमण्डलमा कसलाई पठाउने भन्नेबारेमा ठूलो विवाद देखिएको छ । पार्टी सभापति शेर बहादर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलवीच भागबण्डा नमिल्दा काँग्रेसले अझैसम्म नाम पठाउन सकेको छैन् । यीनै विषयमा केन्द्रित रहेर पत्रकार ऋषि धमलाले डा. शेखर कोइरालासँग गरेको कुराकानीको सम्पादित अंश :
तपाई सरकारमा जाने हल्ला थियो नि, किन जानुभएन ?
सरकारमा जाने वा नजाने भन्ने कुरा पार्टी सभापतिको हो नि । प्रधानमन्त्री हाम्रो पार्टीको होईन ।
सभापतिले तपाईलाई यसबारेमा केही भन्नुभएन र ?
होईन, उहाँले मलाई पराष्ट्र गाह्रो छ भन्नुभयो । मैले पनि जवाफमा पराष्ट्रमन्त्रालय दिन गाह्रो भए अरु मन्त्रालयमा म जान्न भनेको छु । म बाहिर बसेर नेपाली काँग्रेसको लागि काम गरिरहेको छु भने मैले ।
पार्टीको निर्णय तपाईले किन मान्नुभएन ?
पार्टीको निर्णयको कुरा होईन । मेरो आफ्नै निर्णयको कुरा हो । यस्तोमा मेरो निर्णय नै ठुलो कुरा हो ।
पराष्ट्रमन्त्रालय नै रोज्नुको कारण के हो ?
अहिले हाम्रो दुवै छिमेकी देशसँगको जुन सम्बन्ध छ, अहिले छिमेकीसँगको सम्बन्धको परिस्थिति अत्यन्तै नाजुक अवस्थामा छ । संविधान जारी भएपछि भारतसँग असहजता विकास भएको छ, जसले गर्दा नेपाल अप्ठ्यारो परिस्थितिमा परेको छ । साथै चीनसँगको सम्बन्ध जो छ, ओलीजीको पालामा भएका सम्झौताहरु अघि बढाउनेबारेमा आश्वस्त पार्न सकिन्छ । तर उहाँले बनाउनु भएन् । यसमा मैले के गर्न सक्छु ।
तर तपाईको बारेमा कार्यकर्ता तहमा समेत व्यापक बहस भएको छ कि तपाईलाई परराष्ट्रै मन्त्रालय नै किन चाहियो भनेर ?
मलाई सभापतिजीले मन्त्रीको लागि अफर गर्नुभयो । मैले पराष्ट्रबाहेक अरु मन्त्रालयमा जान्न भनेको हुँ । परराष्ट्रबाहेक कुनै मन्त्रालयमा पनि म जान्न ।
यो त अचम्मै भयो नि ?
यसमा अचम्म हुनुपर्ने केही छैन् ।
तर पार्टी सभापतिले तपाईलाई कुनै हालतमा पनि परराष्ट्रमन्त्री बनाउन चाहनुभएन भने के गर्नुहुन्छ ?
होईन, म पार्टीमा त छँदै छु नि । पार्टीको केन्द्रिय सदस्य हुँ । पार्टीकै काममा अघि बढिरहेको छु । मलाई के को चिन्ता नि ?
भागबण्डको कारणले गर्दा सभापति देउवा र तपाईकोवीचमा कुरा नमिलेको हो ?
म भागबण्डामा विश्वास गर्ने मान्छे होईन् । नेपाली काँग्रेसको विधान अनुसार के छ भने मन्त्रिमण्डल बनाउन केन्द्रिय सदस्यहरुको एउटा समिति बनाएर मापदण्ड बनाउनुपर्छ भनेको छ । त्यसपछि संसदीय दलबाट कसकसलाई मन्त्री छान्ने भन्ने कुरा छँदै छ । त्यो हुन सक्दैन्थ्यो । गाह्रो थियो । यो कुरा मैलेपनि बुझेको छु । शेरबहादुरजीले रामचन्द्रजीसँग बसेर छलफल गरेर अगाडि बढायो भने त भैहाल्यो नि । उहाँहरुले जसलाई मन्त्री बनाएपनि हामीलाई कुनै आपत्ति छैन् । हामीले त दुवै नेतालाई स्विकारेकै छौं नि ।
तर तपाईले रामचन्द्रको कुरा सुनेर शेरबहादुरको कुरा अस्विकार गर्नुभयो होईन ?
मैले कसैको कुरा पनि मानेकै छैन् । मलाई रामचन्द्रजीले केही पनि भन्नुभएको छैन् । यो कुराहरु गर्दैनगर्नुहोस् । यी झूठ कुराहरु हुन् ।
शीर्ष नेताहरुवीच अहिलेसम्म पनि भागबण्डा मिलेको छैन ?
शेरबहादुरजे बोलाउनुपर्यो नि । उहाँ पार्टीको सभापति हो । उहाँले पार्टीका बरिष्ठ नेताहरुलाई बोलाएर कसरी जाने भनेर भन्नुपर्यो नि । किनभने मैले त देखेको छु । किसुनजी, गिरीजाबाबुले कसरी मिलाउनुहुन्थ्यो भनेर । सुशिलदाले पनि शेरबहादुरसँग कुरा गरेरै मन्त्रीको नाम टुँग्याएको हामीले देखेका थियौं । अब शेरबहादुरजीले पनि कुरा गर्नुपर्यो नि ।
देउवाजीले कुरा मिलाउन सक्नुहोला त ?
होईन, मिलाउनुहोला नि । मिलाउनु हुन्न भनेर म भन्दिन् ।
दुवै नेताहरुलाई मिलाउनको लागि तपाईले मध्यस्थता गर्नुभएको छैन ?
मैले यो बारेमा धेरै कोशिस गरें, तर म सफल भईँन् । छोडिदिएँ ।
उहाँहरु आपसमा मिल्न किन सक्नुभएन त ?
होईन नेताहरु ग्रुपमा फस्नुभएको छ । एकजना मात्रै दुवैजना गु्रपमा फस्नुभएको छ । ग्रुपिज्ममा फसिसकेको मान्छेले ग्रुपबाट उम्कियो भने विवाद मिलाउन सक्छ । हिजो गिरिजाबाबुले प्रचण्डजीसँग कुरा गर्दा ग्रपभन्दा माथि उठेर कुरा गर्नुभएको थियो । र उहाँ सफल हुनुभयो । प्रचण्डजी पनि आफ्नो गुटको कोटरीभन्दा माथि उठेको भएकोले नै हिजो गिरिजाबाबु र उहाँवीच कुरा मिलेको हो नि ।
तर तपाई पनि त ग्रुपमै हुनुहुन्छ नि ?
म कुनै ग्रुपमा छैन् । एउटा कुरा स्पष्ट हुनुहोस् कि म नेपाली काँग्रेसको मान्छे हुँ । बाँचुञ्जेल नेपाली काँग्रेस भएर नै रहन्छु । म शेरबहादुर जी र रामचन्द्रजी दुवैले बोलाउँदाखेरि जान्छु ।
तर १३ महाधिवेशनमा तपाईले आफ्नो उम्मेद्धवारी त पौडेल पक्षबाट दिनुभएको थियो नि ?
उम्मेद्धवारी बन्दैमा म उहाँको ग्रपमा कसरी भएँ त ? प्यानल थियो भनेर कसरी भन्नुभएको ? यदि त्यस्तो थियो भने किन मैले जति भोट अरु साथीहरुले ल्याउन सक्नुभएन त ? किन धेरै साथीहरुले हारे त ? किन प्यानलकै भोट आएन त । मैले रामचन्द्रजीलाई चुनावमा सहयोग गरेको हो तर यसको मतलब शेरबहादुरजी मेरो नेता होईन भनेर म भन्दिन् ।
उसो भए आजको दिनमा तपाई कुनै नेताको पक्षमा पनि हुनुहुन्न हो ?
हो, म कुनै पक्षमा पनि छैन् । म नेपाली काँग्रेसको हुँ । म कहिलेपनि शेरबहादुर वा रामचन्द्र भएर बोल्दिन । म जहिलेपनि नेपाली काँग्रेस भएर नै बोल्छु । यो भन्दा पहिला सुशील कोइराला भएर पनि बोलेको थिईँन् । हिजो भोट त मैले सुशील दालाई दिएको हो नि ।
१३ औं महाधिवेशनपछि काँग्रेसमा भागबण्डाको राजनीति समाप्त भयो भनिएको थियो, तर अहिले त्यो व्युँतियो नि त ?
अब रामचन्द्रजीले नै त्यस्तो गर्नुहुन्छ त मैले के भनौं । म त नगर्नुहोस भनेर भनिरहेको छु दुवै नेतालाई । आफ्नो तर्फबाट उहाँहरुलाई सम्झाईराखेको छु कि बस्नुहोस छलफल गर्नुहोस अनि विवाद मिलाउनुहोस भनेको छु ।
प्रधानमन्त्रीले त विशेष दुत पठाउने निर्णय गर्नुभएको छ नि भारत र चीनको लागि ?
हो, छिमेकीसँगको सम्बन्ध सुधारको लागि र दुवै देशका राष्ट्रपतिको नेपाल भ्रमण गराउनेबारेमा केन्द्रित हुन्छ । भ्रमण तयारीको लागि जान लाग्नु भएको हो ।
उसो भए भारत र चीनको राष्ट्रपति नेपाल आउने निश्चित भएको हो ?
सम्भावनाको कुरा गर्नुहुन्छ भने म त १०० प्रतिशत सम्भावना देख्छु । दुवै देशका राष्ट्रपति आउनुहुन्छ भन्नेमा म ढुक्क छु । भारतीय राष्ट्रपति प्रणव मुखर्जी र चीनीयाँ राष्ट्रपति सि जिनपिङ् पनि नेपाल आउनुहुन्छ ।
तर चीनले अहिले केही आशंका व्यक्त गरेको छ नि ?
संविधान जारी भएपछि हाम्रो र भारतको सम्बन्ध अत्यन्तै असहजता उत्पन्न भएको थियो । त्यो असहजता अहिलेपनि मेटिसकेको छ भन्ने होईन । अहिले प्रधानमन्त्रीजीले विमलेन्द्र निधिलाई भारत पठाउँदै हुनुहुन्छ उहाँको भ्रमणले नेपाल–भारत सम्बन्धमा विश्वास ल्याउनेछ ।
एमाले अध्यक्ष केपी ओलीले चीनीयाँ राष्ट्रपतिको नेपाल भ्रमण रोक्नको लागि यो गठबन्धन बनेको हो भनेर आरोप लगाउनुभएको थियो नि ?
अब उहाँ आईसकेपछि त्यो कुरा झुठो सावित हुन्छ । जिनपिङ् नेपाल आईसकेपछि सबै कुरा सकिहाल्छ नि ।
संविधान संशोधन कहिले हुन्छ ?
यो त जति चाँडो गर्यो त्यति नै राम्रो हो । यसमा हामीले एमालेले पनि साथमा लिएर जानुपर्छ । ओलीजीले हालै जुन किसिमको अभिव्यक्ति दिनुभयो त्यसले केही असहजता उत्पन्न भएको छ । संविधान संशोधन नभएसम्म मधेशी मोर्चाले सिमांकन लगायतका केही ईस्युहरु स्विकार्ने अवस्था मैले चाहीँ देखेको छैन् । संविधान संशोधन जति छिटो भयो त्यति छिटो स्थानीय निकायको निर्वाचन हुन्छ । स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन हुन्छ ।
एमालेविना संविधान संशोधन कसरी हुन्छ ?
त्यसैले त हामीले एमालेलाई गुड वुक्समा राख्नुपर्छ भनेको हो । एमालेलाई साथमा लिनुपर्छ । उहाँहरुले पनि संविधान कार्यान्व्यनमा साथ दिन्छौं भन्नुभएको छ ।